- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । नेपालमा बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ९०१ पुगेको छ ।
नेपालमा बुधबार संक्रमण देखिएकामध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।
यता नेपालमा थप १ बैंकरलाई कोरोना पुष्टी भएको खुलासा भएको छ । उनी कुन बैंकका थिए भन्ने तथ्यसहित थप जानकारी प्राप्त गर्न अर्थ सरोकारले प्रयास गरिरहेको छ । यसअघि कृषि बिकास बैंकका कर्मचारीलाई कोरोना संक्रमण भएको थियो । उनी हाल आइसोलेसनमा छन् ।