×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगद कारोबारमा कोरोना कर लगाउन बैकर्स संघको सुझाव !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नगद कारोबारमा कोरोना कर लगाउन बैकर्स संघको सुझाव !

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नगद कारोबारमा कर लगाउन बैंकर संघले सुझाव दिएको छ । नगदमा हुने कारोबारमा कोरोना कर लगाउन नेपाल बैंकर्स संघले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा सरकारलाई सुझाव दिएको हो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नगद कारोबारलाई निरुत्साहित गर्न सीमा भन्दा बढीको नगद कारोबारमा कोरोना कर लगाउन सुझाव दिएको संघका अध्यक्ष भुवन दाहालले बताएका छन् ।
‘निश्चित सीमा भन्दा बढीको नगद कारोबारमा कोरोना कर लगाइनु पर्ने सुझाव दिएका छौं । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नेछ ।’ अध्यक्ष दाहालले भने । यस्तै बजेट निर्माणको क्रममा रहको सरकारलाई बैंकर्स संघले आयात प्रतिस्थापन गर्न तथा कृषिमा रोजगारी सिर्जना र कृषि उत्पादकत्व वृद्धि गर्नको लागि अर्थमन्त्रालय, एनआरबी, एनबीए, एफएनसीसीआई, सहकारी संस्था लगायतको प्रतिनिधिहरु सहित कृषि मन्त्रीको संयोजकत्वमा एक समिति गठन गर्न सुझाव दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी