
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका शाखाहरु एक तिहाइ कर्मचारीले मात्र खुल्ला गर्न पाउने भएका छन् । सरकारले ४४ किसिमका उद्योगहरुलाई संचालन अनुमति दिएसंगै बैंक तथा वित्तीय संस्थाका शाखाहरु खोल्न पनि अनुमति दिएको थियो ।
सोही अनुसार बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखाहरु खुल्ने भएका हुन् । तर एक तिहाइ कर्मचारीलाई मात्र कार्यालय बोलाएर सेवा संचालन गर्नुपर्नेछ । नियामक नेपाल राष्ट्र बैंकले पनि एक सूचनामा जारी गर्दै एक तिहाइ कर्मचारीलाई मात्र कार्यालय बोलाएर सेवा संचालन गर्नुपर्ने निर्देशन दिएको छ ।
‘बैंक तथा वित्तीय संस्थामा रहेका सवारी साधनमा २५ प्रतिशतले सवारी साधनले मात्र पास पाउने छन्, यसको लागि बैंकको प्रधान कार्यालयले सवारी नम्बर,सवारी उपभोग गर्नेको नाम तथा समय र स्थानको जानकारी दिनुपर्ने छ,’राष्ट्र बैंकको सूचनामा भनिएको छ । देश लकडाउनमा गएयता बैंक तथा वित्तीय संस्थाहरुले अनुकुलता अनुसार शाखा खोली सेवा दिँदै आइरहेका थिए ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्