×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२७ वाणिज्य बैंकहरुले ४५ अर्ब नाफा कमाए, हेर्नुहोस् कुन बैंकले कति कमाए ? (विस्तृत विवरणसहित)

PRIME CA

२७ वाणिज्य बैंकहरुले ४५ अर्ब नाफा कमाए, हेर्नुहोस् कुन बैंकले कति कमाए ? (विस्तृत विवरणसहित)

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – २७ वाणिज्य बैंकहरुले ९ महिनामा ४५ अर्ब नाफा कमाएका छन् । सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकहरुले ४५ अर्ब २३ करोड ५९ लाख रुपैंया खुद नाफा कमाएका हुन् । 
यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ४.११ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकहरुले ४३ अर्ब ४४ करोड ९० लाख रुपैंया नाफा कमाएको थियो ।
यो तेश्रो त्रैमाससम्म २७ वाणिज्य बैंकहरुमध्ये सबै भन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले ३ अर्ब १५ करोड रुपैंया नाफा कमाएको छ । त्यसपछि ग्लोबल आईएमई बैंक र एनआईशी एशिया बैंक रहेका छन् । ग्लोबल आईएमई बैंकले २ अर्ब ७० करोड नाफा कमाएको छ भने एनआईशी एशिया बैंकले २ अर्ब ५० करोड रुपैंया कमाएर तेस्रो स्थान हासिल गरेको छ। 
त्यस्तै गरी सनराइज बैंक, सेञ्चुरी कमर्शियल बैंक, बैंक अफ काठमाण्डू र सिभिल बैंकको नाफा १ अर्बभन्दा कम  रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: