
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बारा जिल्लामा थप एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षणका लागि पठाइएको थियो । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर आइसोलेसनमा बस्दै आएका थिए । उनलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको छ । यससँगै बारामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । जसमध्ये दुई जना शनिबार डिस्चार्ज भएका थिए ।
हालसम्म विभिन्न जिल्लाका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ भने ७० जना निको भएका छ । अहिलेसम्म कोरोनाका कारण ३ जनाले ज्यान गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्