×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारामा आज थपिएका कोरोना संक्रमित व्यक्तिहरु कहाँबाट आएका थिए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बारामा आज थपिएका कोरोना संक्रमित व्यक्तिहरु कहाँबाट आएका थिए ?

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बारा जिल्लामा सोमबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुर र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणका क्रममा बाराको महागढीमाई नगरपालिकाका २१ जना र एक जना प्रहरी जवानमा कोरोना पुष्टि भएको हो ।
महागढिमाई नगरपालिकाको क्वारेन्टाइनमा रहेका २१ जना व्यक्ति केही दिनअघि भारतबाट नेपाल आएका हुन् । उनीहरुलाई नेपाल प्रवेशसँगै क्वारेन्टाइनमा राखिएको थियो । संक्रमितहरु १८,१९, २०,२४, २५, २६, ३०, ३१, ३६, ४० र ५० वर्ष उमेर समुहका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुलाई कलैया अस्पतालमा रहेको आइसोलेशन वार्डमा राख्ने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी