Skip to content
LAXMI SUNRISE BANK

बारामा थप पाँच जनामा कोरोना पुष्टी, संक्रमितमध्ये दुई जना नेपाली सेना

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बददाता 
बारा । बारामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थमा खटिएका दुई जना सैनिकमा कोरोना पुष्टि भएको हो ।
यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । उनीहरुलाई अस्पताल लैजाने तयारी भइरहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK