Skip to content
LAXMI SUNRISE BANK

बारामा थप १५ दिन निषेधाज्ञा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बारा । बारा जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि १५ दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले जिल्लामा १५ दिनका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
खाद्यान्न, औषधि, निर्माण तथा खाद्यन्नमा प्रयोग गरिने कच्चा पदार्थको ढुवानीबाहेक अन्य सवारी आवागमन निषेध गरिएको छ। यसअघि बारामा वैशाख ३० गतेदेखि एक साताका लागि निषेधाज्ञा गरिएको थियो । सोमबार साँझसम्म बारामा चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK