
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । बारा प्रहरीले लकडाउनको समयमा एम्बुलेन्सको दुरुपयोग गर्ने दुई जनालाई पक्राउ गरेको छ । बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय राजन पटेल र २७ वर्षीय अनिल पटेल रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूले अन टेस्ट बिरामी बोक्ने एम्बुलेन्समा यात्रु बोकेको भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।
कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि देशभर लकडाउन चलिरहेको समयमा एम्बुलेन्समा यात्रु बोकी ओसारपसार गरिरहेको अवस्थामा उनीहरुलाई दुई दिनअघि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । बिरामी बोक्ने एम्बुलेन्समा यात्रु ओसार्ने उनीहरु विरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय बारामा अभद्र व्यवहार मुद्दा दर्ता गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको इजलासले आइतबार (हिजो) चालक राजनसँग ७ हजार र सञ्चालक अनिलसँग २८ हजार धरौटी माग गरेको छ । दुवै जनाले धरौटी रकम बुझाएर तारिखमा छुटेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।
भारतीय ब्यक्तिलाई एम्बुलेन्समा राखी नेपाल प्रवेश गराउँदै गरेको अवस्थामा बोर्डर आउटपोष्ट बरैनियाको टोलीले उनीहरुलाई पक्राउ गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको पटना घर भई काठमाडौंमा बस्ने ४५ वर्षीय अमृत कुमारलाई उनीहरुले बारा विश्रामपुर गाउँपालिका-३ स्थित मुसर्वा नाकाबाट नेपाल प्रवेश गराएका थिए । एम्बुलेन्ससहित नियन्त्रणमा लिई सशस्त्र प्रहरीले प्रहरी चौकी बलिरामपुरको जिम्मा लगाएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्