Skip to content
LAXMI SUNRISE BANK

भारतीय क्वारेन्टाइनमा बस्दै आएका बाराका ३० वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बादाता 
रौतहट । बाराका पचरौता नगरपालिका वडा नम्बर १ का एक जना युवकमा कोरोना भाइरस संक्रमण देखिएको छ । भारतिय क्वारेन्टाइनमा बस्दै आएका उनमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
भारतको दिल्लीबाट केहीदिन अघि आएर क्वारेन्टाइनमा बसेका ३० वर्षीय युवकमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई नेपाल आउने क्रममा सिमावर्ती आदापुरमा भारतीय प्रहरीले रोकेर सोही ठाँउमा रहेको क्वारेन्टाइनमा राखेको थियो । सोही क्रममा भारतीय प्रहरीले सो युवकको स्याब संकलन गरेको थियो ।
युवकमा पीसीआर रिपार्ट पोजेटिभ देखिएको भारतीय सुरक्षाकर्मीले आजै जानकारी दिएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्राले जानकारी दिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK