
- अर्थ सरोकार सम्बाददाता
बारा । बारामा थप एक जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पर्सा घर भएका २५ वर्षीय प्रहरी कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरे । योसँगै बारामा मात्रै संक्रमित हुने सुरक्षाकर्मीको संख्या पाँच पुगेको छ ।
यसअघि आइतबार एकैदिन जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।
मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
यससँगै बारामा कोरोना संक्रमितको संख्या १७ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्