
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । बारामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूची अनुसार ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । यससँगै जिल्लामा संक्रमित व्यक्तिहरुको संख्या ३९ पुगेको छ ।
किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षण अनुसार बाराको गढीमाई नगरपालिकाका–२१ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार, कलैया नगरपालिका–१, कोतवालीका २ जना पुरुषहरुमा संक्रमण देखिएको हो ।
संक्रमित हुनेमा १८ वर्षका चार जना, १९ वर्षका दुई जना, २० वर्षका तीन जना, २४ वर्षका दुई जना, २५ वर्षका चार जना, ३६ वर्षका दुई जना रहेका छन् । यस्तै २६, ३०, ३१, ३२, ४० र ५० वर्षका एक/एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्