×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बारा जिल्लामा कोरोना संक्रमितको संख्या ३ पुग्यो, जिल्ला प्रशासन कार्यालयले लगायो कर्फ्यु !

PRIME CA
GLOBAL IME BANK

बारा जिल्लामा कोरोना संक्रमितको संख्या ३ पुग्यो, जिल्ला प्रशासन कार्यालयले लगायो कर्फ्यु !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सिमरा । बारामा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ । जिल्लाको बिश्रामपुर गाउँपालिका ४ बलिरामपुरका १४ वर्षीय बालकलाई मंगलबार कोरोना पुष्टि भएसंगै यो संख्या ३ पुगेको हो । 
बुवासँग वीरगन्जको इनर्वामा ग्यास पसलको व्यवसाय गर्दै आएका बालकमा कोरोना संक्रमण देखिएको हो । बारा घर भई वीरगन्जमा व्यवसाय गर्ने बालकमा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए । बालकलाई वीरगन्जस्थित नारायणी अस्पताल पठाइएको प्रजिअ पण्डितले बताए । 
संक्रमित बालकको परिवारका सम्पूर्ण परिवार सदस्यहरुलाई क्वारेन्टाइनमा राखिने पनि उनले बताए । यसअघि जीतपुरसिमरा उपमहानगरपालिका ७ र १९ का दुई पुरुषमा संक्रमण देखिएको थियो । बारामा हालसम्म २ सय ३९ जनाको पिसिआर परीक्षण भएको छ । जसमध्ये २ जना यसअघि नै संकमित पृष्टि भएका छन् । पछिल्लो समय १ सय ३१ जनाको स्वाब संकलन गरिएको बारा प्रशासनले जनाएको छ । नेपाल कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । यस्तै बारामा संक्रमितको संख्यामा वृद्धि भएसँगै जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु  पनि लगाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: