
- अर्थ सरोकार सम्बाददाता
बारा । सोमबार बिहान प्रदेश न. २ को बारा र रौतहट जिल्लामा एकैसाथ ४९ जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले एक विज्ञप्ति जारी गर्दै रौतहटमा २६ र बारामा २३ जना कोरोना संक्रमित फेला परेको जनाएको हो ।
मन्त्रालयका अनुसार रौतहट राजपुर फरहदवा २, ६, ८ र इशनाथ गाविसको वडा नम्बर २ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१, ५३ वर्ष उमेर समुहका छन् । यस्तै बाराको गडिमाई नगरपालिका तथा कलैया नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५०, २५ र ३२ उमेर समूहका संक्रमित रहेका छन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ तथा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएका परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा सोमबार मात्रै विभिन्न जिल्लामा गरी ७२ जना संक्रमित फेला परेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्