×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियामा क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु, स्वाब परीक्षण हुँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बर्दियामा क्वारेन्टाइनमा बसेका बृद्धको मृत्यु, स्वाब परीक्षण हुँदै

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक वृद्धको आज मृत्यु भएको छ । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । 
ज्याला मजदूरीका लागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मङ्गलबार घर फर्कने क्रममा क्वारेन्टाइनमा राखिएको थियो । उनीसँगै फर्किएका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । -रासस
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी