
- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दिया जिल्ला अस्पताल सिल गरिएको छ । ज्वरो आएर अस्पताल भर्ना गरिएका एक युवाको स्वाब परिक्षण रिपोर्ट पोजेटिभ आएपछि जिल्ला अस्पताल सिल गरिएको हो । स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार उक्त अस्पतालका कार्यरत १४ जना स्वास्थ्यकर्मीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको आकस्मिक कक्षवाहेक सबै सेवा बन्द गरिएको छ ।
गुलरिया नगरपालिका-१ मा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवालाई अचानक ज्वरो आएपछि जिल्ला अस्पताल भर्ना गरिएको थियो । उनको स्वाब परिक्षण गर्दा सोमबार कोरोना पुष्टी भएको थियो । यस्तै स्वास्थ्यकर्मी क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको छ । स्वास्थ्यकर्मीहरुको तत्काल स्वाब परिक्षणका लागि पठाइने भएको छ । उनीहरुको रिर्पोट नगेटिभ आएपछि मात्र अस्पतालको सेवा सुचारु हुने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्