- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दियासँग जोडिएको भारतीय सीमा बन्द गरिएको छ । बर्दियाको मधुवन नगरपालिकासँग जोडिएका सम्पूर्ण खुला सीमा बन्द गरिएको हो । नगरपालिकाको आज बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले भारतसँग जोडिएका सबै सीमा बन्द गर्ने निर्णय गरेको हो ।
पछिल्लो समय पनि भारतबाट लुकिछिपी आउने क्रम नरोकिएपछि यस्तो निर्णय गर्नुपरेको नगर प्रमुख गणेशबहादुर क्षेत्रीले जानकारी दिए । उनका अनुसार नगरभित्र कोही कोरोना संक्रमित भेटिएको अवस्थामा बर्दियामा रहेको जिल्ला समन्वय समितिको भवनमा बनाइएको आइसोलेशनमा राखेर उपचार गरिनेछ ।
शय्या संख्या अपुग भएमा कोरोना संक्रमितलाई उपचार गर्नका लागि मधुवनमै आइसोलेशन वार्ड निर्माण गरिने उनले बताए ।