
- अर्थ सरोकार सम्बाददाता
बर्दिया । बर्दियामा पीसीआर परीक्षणको दायरा नबढाइँदा समस्या भएको छ । दुई सातायता भारतसँग सीमा जोडिएका जिल्लाका विभिन्न नाका तथा नेपालगञ्ज जमुनाहा नाकाबाट दिनहँ सयौँ मानिसहरु बर्दिया भित्रिरहेका छन् तर जिल्लामा पीसीआर परीक्षणको दायरा नबढाउँदा सङ्क्रमणको जोखिम बढ्दै गएको छ । आरडीटी पोजेटिभ देखिएका, सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका र आइसोलेसनमा रहेको व्यक्तिको अन्तिम परीक्षणका लागि पीसीआर गरिने व्यवस्था रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिनुभयो ।
पीसीआर परिक्षणका लागि ४ वटा दायरा कायम गरिएको गिरीले बताउनुभयो । क्वरेन्टीनमा बसेकाहरुको पीसीआर परीक्षण गर्ने कुनै व्यवस्था छैन । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार जेठ महिना यता २ हजारभन्दा बढी मानिसहरु भारतबाट जिल्ला भित्रिएका छन् । भारतबाट घर आएका जो कोहीलाई पनि अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने नियम बनाइएको छ । भारतबाट घर फर्कनेको संख्या बढ्दै गएपछि यहाँका क्वरेन्टीनहरु पनि भरिन थालेकाले व्यवस्थापन गर्न पालिकाहरुलाई हम्मेहम्मे परेको छ । स्वास्थ्य कार्यालय बर्दियाका स्वास्थ्य निरिक्षक कृष्णगोपाल चौधरीका अनुसार हाल ३ हजार ४ सय ३३ जना बर्दियाका विभिन्न क्वरेन्टीनमा बसिरहेका छन् ।
स्वास्थ्य कार्यालयको प्रतिवेदन अनुसार हालसम्म जम्मा १ हजार ३०५ जनाको मात्र पीसीआर जाँचका लागि स्वाब संकलन गरिएको छ । जसमध्ये १ हजार २३७ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ९ जनाको कोरोना पोजेटिभ देखिएको छ । अझैँ ५९ जनाको पीसीआर रिर्पोट आउन बाँकी छ । बर्दियामा पीसीआर परीक्षण किट पर्याप्त छैन । पछिल्लो समय शनिबार बर्दियामा ३ सय वटा मात्र पीसीआर किट आएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । भारतबाट आएर क्वरेन्टीनमा बसेका सबैको पीसीआर परीक्षण गर्नु पर्ने हो । तर परीक्षण गरिएको छैन । क्वरेन्टीनमा बसेकाहरुको ५ देखि ७ वा १० दिन भित्र पीसीआर परीक्षण गरिसक्नु पर्छ । तर यहाँ १४ दिनपछि आरडिटी परीक्षण मात्र गर्ने गरिएको छ ।
आरडिटी रिर्पोट पोजेटिभ देखिएकाहरुको मात्र पीसीआर परिक्षण गरिने स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनुभयो । पीसीआर परीक्षण नहँदा क्वरेन्टीनको अवधी पुरा गरेर घर फर्के पनि त्रास रहिरहने क्वरेन्टीनमा बसेकाहरु बताउँछन् । क्वरेन्टीनमा पीसीआर परिक्षण नहुँदा समुदायमा पनि त्रास फैलने स्थानीयहरु बताउँछन् ।यस्तै उज्च जोखिममा रहेको बर्दियामा कोरोना सङ्क्रमण्म फैलिन नदिन खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी लगायतको पीसीआर परीक्षण पनि हुन सकेको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्