×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘घर भाडामा बस्नेलाई बिजुलीको महसुलमा छुट दिन्छौँ’ : ऊर्जामन्त्री पुन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘घर भाडामा बस्नेलाई बिजुलीको महसुलमा छुट दिन्छौँ’ : ऊर्जामन्त्री पुन

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  सरकारले घर भाडामा बस्नेहरुलाई पनि बिजुलीको महसुलमा छुट दिन अध्ययन थालेको जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले अहिले दिएको २५ प्रतिशत महसुल छुट घरधनीले मात्रै पाएको र घर भाडामा बस्नेले नपाएको गुनासो सुनिएको भन्दै अब भाडामा बस्नेलाई छुट दिन अध्ययन थालेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार समान (सेजन) ले गरेको भिडिओ कन्फ्रेन्समा मन्त्री पुनले भाडामा बस्ने विद्यार्थी र मजदुरले बिजुलीको शुल्क चर्को भएको गुनासो गरिरहेको, सरकारले दिएको छुट घरधनीले मात्रै उपयोग गरेको लगायतका गुनासो सुनिएको बताउनुभयो । अब घर भाडामा बस्नेलाई छुट्टै मिटर राख्न लगाएर या अन्य कुनै विधिमार्फत छुट दिन सकिने उहाँले बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: