×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बिमाको आकर्षण बढ्दो, एक महिनामै २ लाख बढीले गरे बिमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ जेष्ठ २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

कोरोना बिमाको आकर्षण बढ्दो, एक महिनामै २ लाख बढीले गरे बिमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बिमा समितिले ल्याएको नयाँ योजना कोरोना बिमामा सर्वसाधारणको आकर्षण देखिएको छ । बिमा कम्पनीहरुले कोभिड–१९ को बिमा गर्न शुरु गरेको एक महिनामा नै २ लाख बढीले बिमा गरेका छन् । बिमा कम्पनीहरुको नियामक निकाय बिमा समितिका अध्यक्ष चिरञ्जीवि चापगाईंले सोमबारसम्म मात्रै २ लाख १५ हजार व्यक्तिको कोरोना बीमा भइसकेको जानकारी दिए । अध्यक्ष चापागाईंका अनुसार कोरोना बिमा वापत सोमबारसम्म १० करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ ।
हालसम्म बिमा दावी भने परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ। यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो । समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोराना बिमा गर्न सकिने व्यवस्था बनाएको छ ।
परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि ६ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्नेछ । बिमाको अवधि एक वर्ष हुनेछ । बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बीमा दाबी भुक्तानी हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: