- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमालेख धितो राखी ऋण लिएका बीमितले व्याजदरमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बीमा समितिले बुधबार जारी पत्रमार्फत उक्त बीमितहरुलाई प्रदान गरिएको कर्जामा लाग्ने व्याजदरमा लकडाउन अवधि समाप्त भएको एक महिना भित्रसम्म ब्याज बुझाउँदा साे मात्राकाे छुट दिन जीवन बीमा कम्पनीलाई निर्देशन दिएकाे हाे ।
साथै, बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई लकडाउनको अवधिमा अत्यावश्यक सेवाहरुलाई निरन्तरता दिन निर्देशन दिएकाे छ । समितिले बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६ को अधिनमा बीमालेख अनलाईन मार्फत बिक्री गर्ने कार्यविधि तयार गर्न सकिने बताएको हो ।
समितिका अनुसार उक्त कार्यविधि तयार गरी समितिमा पेश भएमा औचित्यताको आधारमा अनलाईन बीमालेख स्वीकृत हुनेछ ।
यस्तै, समितिको निर्देशनको अधिनमा रही लकडाउनको अवधिभरी बीमकले उपलब्ध गराउने तालिमहरु अनलाईन तथा भर्च्युअल रुपमा संचालन गर्न पाउँने बताएको छ । उक्त तालिमको सफ्ट कपी सहितको प्रतिवेदन भने बीमकले समितिमा पेश गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।
साथै, बीमकले व्यवस्थापन खर्च न्यूनिकरण गर्ने सम्बन्धमा समितिमा प्रस्ताव पेश गरेमा औचित्यताको आधारमा स्वीकृत हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले निर्देशिका मार्फत जानकारी दिएका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्