
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।
पहिलो एक हप्तामा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएको भए पनि दोस्रो पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गरिने जनाइएको छ । उनका अनुसार अन्य आठ जनाको रिपोर्ट भने पोजेटिभ नै आएको छ । अहिले अस्पतालमा बाँकेका आठ, कपिलवस्तुका ६, दाङका तीन, बर्दियाका पाँच र रुपन्देहीका तीन गरी २५ सङ्क्रमितलाई राखेर उपचार गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्