×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको ल्योसिखेल सिल, सुरक्षा सतर्कता उच्च बनाइयो !

GLOBAL IME BANK
SHREE KESH

कोरोना संक्रमित भेटिएपछि भक्तपुरको ल्योसिखेल सिल, सुरक्षा सतर्कता उच्च बनाइयो !

७ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर । भक्तपुर नगरपालिका–५, ल्योसिखेललाई सिल गरिएको छ । मंगलबार कोरोना संक्रमित व्यक्ति भेटिएपछि उक्त स्थानलाई सिल गरिएको हो ।  उक्त क्षेत्रमा दुई जना प्रहरी पनि तैनाथ गरिएको छ ।
बाहिरका मानिसहरुलाई पनि सो क्षेत्रमा आउन रोक लगाइएको छ । मंगलबार भक्तपुरका ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी काठमाडौं महानगरपालिकाका गाडी चालक रहेको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले जानकारी दिए । सुरक्षा सतर्कता उच्च 
उनलाई राति नै अस्पताल लगिएको र परिवारका सदस्य तथा उनको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षणको तयारी भइरहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: