×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित भेटिएपछि भक्तपुरका दुई बस्ती बन्द !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

कोरोना संक्रमित भेटिएपछि भक्तपुरका दुई बस्ती बन्द !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

भक्तपुर । भक्तपुरमा कोरोना सङ्क्रमित पुष्टि भएका एक २७ वर्षीय पुरुष सशस्त्र प्रहरी र २५ वर्षीया महिला एक स्वास्थ्य संस्थामा कार्यरत रहेको पाइएको छ । काठमाडौँ उपत्यका बाहिर रहेका उनीहरु लकडाउनका बेलामा पूर्वी नाका हुँदै काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगा पार गर्दै भक्तपुर आएका थिए ।
सङ्क्रमित सशस्त्र प्रहरी केही दिनअघि मात्रै रामेछापस्थित घरबाट फर्किएका थिए । भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले रामेछाप घर भएका सशस्त्र प्रहरी केही दिनअघि सिन्धुपाल्चोक हुँदै भक्तपुर, चाँगुनारायण नगरपालिका १ दुवाकोटस्थित कोठामा आएको पाइएको जानकारी दिइन् । रामेछापबाट आएपछि सशस्त्र प्रहरी अस्पतालमा स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको र नतिजा पोजेटिभ आएपछि उनको मङ्गबारदेखि टेकु अस्पतालको आइसोलेशनमा उपचार शुरु भएको प्रजिअ पाण्डेले बताइन् । 
महानगरीय प्रहरी परिषरसहितको टोलीले कोरोना संक्रमित सशस्त्र प्रहरी बसेको घरका परिवार एवं उनी सम्पर्कमा रहेका व्यक्तिको पहिचान गर्ने काम शुरु भएको प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । परिवारका अन्यको पनि कोरोना परीक्षणको काम शुरु भएको छ । 
त्यसैगरी २५ वर्षीया कोरोना संक्रमित महिला सुनसरीबाट मोटरसाइकलमा पास बनाएर यही वैशाख २९ गते भक्तपुर आई मध्यपु्रथिमि शंखधर चोकमा बस्दै आएकी नर्स साथीको कोठामा गएर बसेको पाइएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । सुनसरी, रामधुनी नगरपालिका झुम्का स्थायी घर भई भक्तपुरको सल्लाघारीमा बस्दै आएकी उनी ललितपुरमा रहेको आरोग्य फाउण्डेशनको निदान अस्पतालमा कार्यरत रहेकी थिइन् । उनी झुम्कामा तीन दिन बसेको तर त्यहाँ कहाँ कसलाई भेट्न आएको हो भन्नेबारेमा खोजी भइरहेको बताइएको छ । 
महिला सुनसरीबाट आउँदा नै संक्रमित भएर आएको हुनसक्ने अनुमान गरिएको छ । मोटरसाइकलको पास बनाएर आएकी सङ्क्रमित महिलासंँग आउने पुरुष सुनसरी नै फर्किएका छन् । उनीहरु बाटामा कहाँ कहाँ कोकोसँग सम्पर्कमा आए तथा मोटरसाइकल चालक को थिए भन्नेबारेमा खोजी भइरहेको बताइएको छ । उनी आफै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गएर पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमित पाइएपछि मङ्गलबारदेखि टेकु अस्पतालको आइसोलोशनमा भर्ना गराई उपचार शुरु भएको प्रजिअ पाण्डेले जानकारी दिइन् । उनी बसेको घरका मानिस र सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी परीक्षण शुरु गरिएको छ । 
संक्रमित महिलासंँगै बसेकी नर्स भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत रहेको खुलेको छ । उक्त अस्पतालमा आकस्मिक कक्षमा कार्यरत नर्सलाई आजै भक्तपु्र अस्पतालमा स्वाब संकलन गरी टेकु पठाइएको छ । उनलाई भक्तपुर अस्पतालकै आइसोलेशन वार्डमा राखिएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा.सुमित्रा गौतमले नर्सलाई भक्तपुर अस्पतालमा स्वाब संकलन गरी आइसोलेशनमा राखिएको पुष्टि गरिन् । 
मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत नर्स यही वैशाख २६ गतेदेखि काममा नगएकाले अस्पतालमा संक्रमणको जोखिम नरहेको अनुमान गरिएको छ । आज बिहान ११ः३० बजेसम्म मानव अंग प्रत्यारोपण केन्द्रमा राति काममा रहेका नर्सलाई अस्पताल बाहिर जान नदिएको र उनीहरुको कोरोना परीक्षण गर्ने या नगर्ने भन्ने बारेमा अन्योल भइरहेको अस्पताल प्रशासन शाखाले जनाएको छ ।
यसैबीच कोरोना सङ्क्रमित महिला बसेको शंखधरचोकस्थित बस्ती प्रहरीले आज बन्द गरेको छ । प्रहरी उपरीक्षक प्रधानले करीब २० घर रहेको उक्त बस्तीलाई सिल गरेर नेपाल प्रहरीकै सुरक्षा गस्ती खटाइएको जानकारी दिए । सिल गरिएको बस्तीमा कसैलाई आउन र जान दिइएको छैन । त्यसैगरी सङ्क्रमित सशस्त्र प्रहरी बस्दै आएको दुवाकोटको घरमा पनि सिल गरिएको छ । बस्तीभन्दा अलि पर रहेकाले एक घरलाई मात्रै सिल गरी सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको उनले जानकारी दिए । उनको परिवारको पनि स्वाब संकलन र परीक्षणका लागि आजै टेकु अस्पताल पठाइएको छ ।
भक्तपुर अस्पतालका ७२१ नेगेटिभ
भक्तपुर अस्पतालबाट कोरोना परीक्षण गराएका ७३० मध्ये ७२१ जनाको नतिजा नेगेटिभ आएको छ । परीक्षण गरिएकामध्ये नौ जनाको भने रिपोर्ट आउन बाँकी रहेको भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौतमले जानकारी दिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी