
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भक्तपुरमा कोरोना भाइरस संक्रमित भएकी महिला नर्स भएको खुलेको छ । भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएकी महिला नर्स भएको खुलेको हो ।
सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षाीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रशासन कार्यालय भक्तपुरका अनुसार उनी आरोग्य अस्पतालमा कार्यरत नर्स हुन् । उनले धर्मभक्त माथेमा मानव अंग प्रत्यारोपण केन्द्रमासमेत गएकी थिइन् । अब त्यहाँ उनका साथीहरुको पनि कोरोनाभाइरस परीक्षण गर्ने तयारी भएको छ । उनलाई अहिले टेकु अस्पतालमा भर्ना गरिएको छ ।
यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोनाभाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ । यस्तै भक्तपुरमै मंगलबार कोरोना पुष्टि भएका अर्का एक जना पूर्वमन्त्री भीम रावलका सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवान हुन् ।