×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक हप्तामै जितिन् भक्तपुरकी महिला जनप्रतिनिधिले कोरोना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

एक हप्तामै जितिन् भक्तपुरकी महिला जनप्रतिनिधिले कोरोना

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भक्तपुर – भक्तपुर नगरपालिकाकी एक महिला जनप्रतिनिधिले एक हप्तामा नै कोरोना भाइरस जितेकी छिन् । यही जेठ ९ गते भक्तपुर नगरपालिका–९ का ४२ वर्षीया महिला जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
भक्तपुर नगरपालिका जनस्वास्थ्य केन्द्र च्यामासिंहमा जनप्रतिनिधि, सफाई कर्मचारी र स्वास्थ्य कर्मचारीलगायतको आरडीटी र पीसीआर विधीबाट कोरोना संक्रमण भए नभएको परिक्षण गरिएको थियो । 
 
महिला सदस्य कोरोना भाइरस मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएको भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति दिए। महिला वडा सदस्य पाटन अस्पतालबाट बिहीबार डिस्चार्ज भएकी हुन् ।
भक्तपुर नगरपालिकाद्धारा संचालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंहमा जेठ ६ मा ‘नोजल स्वाब’ संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । पाटन अस्पतालमा बुधबार र बिहीबार गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि कोभिड आईसीयू ब्लकबाट उनलाई डिस्चार्ज गरिएको नगरप्रमुख प्रजापतिले बताए । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी