- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भक्तपुर नगरपालिकाका दुई जना कर्मचारीलाई आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । आरडीटी परीक्षणका क्रममा नगरपालिकाका सफाई कर्मचारी र वडासचिवलाई कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
आरडीटी पोजेटिभ आएका दुवै कर्मचारीको पीसीआर परीक्षणको लागि टेकु पठाएइको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । उनीहरुलाई अहिले टेकुकै आइसोलेसनमा राखिएको छ ।