×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा, ज्यान गुमाउनेको संख्या १ हजार ३९१ पुग्यो

LAXMI SUNRISE BANK

कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा, ज्यान गुमाउनेको संख्या १ हजार ३९१ पुग्यो

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३९१ पुगेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ जनाको मृत्यु भएको छ । साथै, थप २ हजार ८०६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४२ हजार ५०५ पुगेको छ ।
भारतमा संक्रमितमध्ये ११ हजार ७७५ जना उपचारपछि निको भएका छन् । २९ हजार ३३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ । विश्वमा सबैभन्दा बढी कोरोना संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ ।
एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ । जहाँ ३ हजार ३९७ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी इरानमा ६ हजार २०३ जनाले ज्यान गुमाएका छन् भने चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी