×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु, नेपालमा अध्याधिक जोखिम !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना कहरबीच भारतमा रेल सेवा सुरु, नेपालमा अध्याधिक जोखिम !

Artha Sarokar

३० बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतमा रेल सेवा आजबाट सुरु भएको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि भारतमा लागु गरिएको लकडाउनका कारण रोकिएको रेल सेवा आजबाट सुरु भएको हो । रेल मन्त्रालयले राजधानी दिल्लीसहित १५ शहरहरुमा रेल सेवा सुरु गरेको हो ।
मन्त्रालयले रेल सेवाको तालिका सार्वजनिक गरेपछि सोमबारदेखि नै अनलाइनमार्फत् टिकट बुकिङ जारी छ ।यसअघि लकडाउनका कारण अलपत्र परेकाहरुलाई उनीहरुको गाउँघरसम्म पुर्याउने उद्देश्यले सरकारले रेलको व्यवस्था गरेको थियो । कोरोना कहरबीच भारतमा सार्वजनिक यातायातका अन्य सेवा पनि सुरु गर्ने तयारी छ । भारतीय रेल सेवा सुरु भएपछि हवाई सेवा पनि सन्चालन गर्ने चर्चा छ । 
यस्तै दिल्लीभित्र चल्ने सार्वजनिक रेल सेवा पनि संचालनको तयारी भइरहेको छ । दिल्ली मेट्रो रेल सेवा आफैंले त्यसको संकेत गरेको छ । दिल्ली मेट्रोले आफ्नो ट्वीटर अकाउन्टमा मेट्रो स्टेशनमा विशेष प्रशिक्षित कर्मचारीहरु खटाइएको जानकारी दिएको छ । यात्रुहरुको आउ–जाउ हुने क्षेत्रको सरसफाइ गर्न उनीहरुलाई खटाइएको हो ।
भारतमा रेल सेवा संचालनमा आउंदा नेपालमा भने कोरोनाको अध्याधिक जोखिम पर्ने देखिन्छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी