×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, दिनमै १ सय ५४ जनाको मृत्यु

GLOBAL IME BANK

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो, दिनमै १ सय ५४ जनाको मृत्यु

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – छिमेकी देश भारतमा दिनप्रतिदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमणबाट १५४ जनाको ज्यान गएको छ। यो समेत गरेर भारतमा कोरोनाबाट चार हजार २१ जनाको मृत्यु भएको हो ।
त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३८ हजार ८४५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९७७ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता नयाँ संक्रमितको संख्याले कीर्तिमान कायम गरिरहेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार २३१ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६३५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।
त्यस्तै तमिलनाडुमा अहिलेसम्म १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १११ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ५६ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८५८ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ६६५ संक्रमित फेला परेका छन् । यो राज्यमा २९० जनाको मृत्यु भइसकेको छ ।
भारतको पश्चिम बंगालमा तीन हजार ६६७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २७२ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार २६८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १६१ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ५८७ संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ५७ हजार ७२१ संक्रमित निको भएर घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: