×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना कहर : भारतमा एकैदिन ७३ को मृत्यु, कति पुगे संक्रमित ?

LAXMI SUNRISE BANK

कोरोना कहर : भारतमा एकैदिन ७३ को मृत्यु, कति पुगे संक्रमित ?

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – भारतमा दिनानुदिन कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो । योसमेत गरेर भारतमा  कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । 
कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।
भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ । त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।
बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी