×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्वासप्रश्वास समस्या देखिएका एक व्यक्तिको मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

श्वासप्रश्वास समस्या देखिएका एक व्यक्तिको मृत्यु, स्वाब रिपोर्ट आउन बाँकी

Artha Sarokar

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
चितवन । श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएका एक व्यक्तिको आइतबार चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ । अस्पतालको आईसीयूमा २ दिनदेखि उपचाररत नवलपरासीको रामग्राम नगरपालिका–५ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । अवस्था गम्भीर बन्दै गएपछि उनलाई रुपन्देहीको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालबाट रिफर गरी भरतपुर अस्पताल ल्याइएको थियो । 
भरतपुर अस्पतालका अनुसार बिरामीलाई श्वासश्वासको अत्याधिक समस्या थियो। उनलाई छाती दुःख्ने र वान्ता हुने पनि हुन्थ्यो । भरतपुर अस्पतालले मृतकको स्वाब परीक्षणको तयारी गरेको छ। उता लुम्बिनी अञ्चल अस्पतालले पनि उनको स्वाब संकलन गरिसकेको थियो । स्वाबको नतिजा भने आउन बाँकी रहेको अस्पताल स्रोत बताउँछ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी