
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईलाई प्रदेश नं ५ प्रहरी कार्यालयमा तुलसीपुर तानिएको छ । प्रनाउ भट्टराईले प्रहरी आचरण विपरीतको काम गरेकाले प्रदेश प्रहरी कार्यालयमा तानिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए ।
कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलगायत काममा गम्भीरतापूर्वक जिम्मेवारी निर्वाह नगरेको एवं प्रदेश तथा जिल्ला प्रहरी कार्यालयले कार्यशैली सच्याउन पटकपटक निर्देशन दिए पनि नसुधारेपछि आज उनलाई प्रदेश प्रहरी कार्यालय तानिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।
स्थानीयस्तरमा समेत प्रनाउ भट्टराईका विषयमा धेरै जनगुनासा आएको तथा प्रहरीको आचरण र निर्देशनभन्दा फरक काम गरेको उजूरी दैनिकरुपमा पर्न थालेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खडक खत्रीले भट्टराईबारे विभिन्न गुनासा आएपछि प्रदेश प्रहरी कार्यालयले तानेको बताए । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्