भोजपुर । तीनजना जनप्रतिनिधिले भोजपुरका पत्रकारको कोरोना बीमा गराइदिएका छन् । कोरोनाको महामारीमा कार्यस्थलमा खटिने पत्रकारका लागि भोजपुर नगरपालिका उपप्रमुख ममिता राई, वडा नं ६ का वडाध्यक्ष शैलेन्द्र कार्की र वडा नं ९ का वडाध्यक्ष रामबहादुर तामाङले क्रियाशील ५२ जना पत्रकारको बीमा गराउन सोमबार आर्थिक सहयोग गर्नुभएको हो ।
उहाँहरुले आफूले पाउँदै आएको सेवा सुविधा कटाएर पत्रकारको कोरोना बीमा गर्न आर्थिक सहयोग गर्नुभएको हो । समाजलाई ससूचित गराउन जोखिम मोलेर अग्रपङ्क्तिमा खटिने पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै बीमा गराउन आर्थिक सहयोग प्रदान गरेको उपप्रमुख राईले बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारको सुरक्षालाई ध्यानमा राख्दै हामीले आफूले पाउँदै आएको सेवा सुविधालाई कटाएर बीमाका लागि रकम दिएका हौँ, यो महामारीको समयमा तपाईंहरुलाई यसले आफ्नो कर्तव्य पूरा गर्न थप हौसला मिल्छ भन्ने आशा गरेका छौँ ।’’
सहयोग गरिएको बीमावापतको रकम लिँदै नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाका कार्यवाहक अध्यक्ष एक्सन राईले कार्यस्थलको जोखिमलाई ध्यानमा राख्दै पत्रकारको बीमा गराउन सहयोग गरेकाले पत्रकारलाई कार्यस्थलमा खटिन थप हौसला मिल्ने धारणा राख्नुभयो । साथै उहाँले कार्यस्थलमा खट्दा पत्रकार आफैँ पनि सजग बन्नुपर्ने बताउनुभयो ।
राईले भन्नुभयो, “उहाँहरुले हाम्रो कामको जोखिमलाई ध्यानमा राखेर जुन महान काम गर्नुभएको छ यसका लागि शाखाको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छु, साथै हामी पत्रकारले आजकै दिनबाट आफ्नो यात्रा विवरण राख्ने बानीको विकास गरौँ ।” पत्रकार आबद्ध सञ्चारगृहबाट तलब नआउने अवस्थामा सङ्क्रमण देखिए अस्पतालमा बस्नुपरेमा पत्रकारको परिवारलाई आइपर्ने आर्थिक समस्यामा समाधानमा बीमा कम्पनीबाट प्राप्त हुने रकमले केही राहत मिल्ने राईले बताउनुभयो ।
बीमा कम्पनीसँग भएको सम्झौताअनुसार फिल्डमा खटिने कुनै पत्रकारलाई सङ्क्रमण भएमा कम्पनीले रु एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउनेछ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्