×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झन्डै डेढ महिनापछि हट्यो भुल्के क्षेत्रको सिल, भेटिनन् नयाँ संक्रमित !

PRIME CA
GLOBAL IME BANK

झन्डै डेढ महिनापछि हट्यो भुल्के क्षेत्रको सिल, भेटिनन् नयाँ संक्रमित !

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्रको सिल हटेको छ । गत बैशाख ५ गते पहिलोपटक १२ जनामा कोरोना संक्रमण देखिएपछि सिल गरिएको भुल्के क्षेत्र एक महिना नौ दिनपछि सिल हटेको हो । उक्त क्षेत्रका शंकास्पद व्यक्ति, वस्ती, संक्रमित बाट उच्च जोखिममा रहेकाह व्यक्ति र उनीहरूको सम्पर्कमा रहेकालाई बारम्बार परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ आएपछि सो क्षेत्रको सिल हटाइएको जिल्ला प्रशासन कार्यालय उदयपुरले जनाएको छ ।
भुल्केमा ३२ जना १ जना सञ्चारकर्मीसहित उदयपुर जिल्लाभरिमा ३३ जना कोरोना संक्रमित् भेटिएका थिए । जसमा भुल्केका ३२ जना भने निको भएर घर फर्किएका छन् । समुदाय बाहिरबाट फेला परेको १ सञ्चारकर्मीको प्रादेशिक अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: