काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हुनुहुन्छ ।
अपराह्न ४ बजे निर्धारित बैठकका लागि सङ्घीय संसद्को सचिवालयले विशेष तयारी गरेको छ । राष्ट्रपतिको स्वागतका लागि सचिवालयले नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा पानीको फोहरा, ध्वजापताका र राष्ट्रिय झण्डा फहराउनाका साथै सुरक्षा प्रबन्ध मिलाइएको छ । बैठकमा भाग लिन मन्त्रीगण, दुवै सदनका सदस्यहरु, विशिष्ट पदाधिकारीलगायत आइसक्नुभएको छ । संविधानबमोजिम हरेक जेठ १५ मा आगामी आवको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्वबजेट छलफल भइसकेको छ ।
कोरोना भाइरसको जोखिमका कारण धेरै पाहुनालाई आमन्त्रण गरिएको छैन भने दर्शक र सञ्चारकर्मीको उपस्थिति पनि पातलो छ । बैठकका गतिविधिलाई विभिन्न राष्ट्रिय सञ्चारमाध्यामले प्रत्यक्ष प्रसारण गर्ने तयारी गर्दैछन् । सांसदहरुको यसअघि कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने बैठक कक्षमा प्रवेश गर्नुअघि बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ । भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षमा सांसद सबैले मास्क लगाएर प्रवेश गर्नुभएको छ । राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ः०० बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्