Skip to content
LAXMI SUNRISE BANK

राष्ट्रपतिद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान (विज्ञप्तिसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् ।
‘नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल बैशाख २६ गते शुक्रबारको दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु,’ राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संसद सचिवालयलाई पठाएको पत्रमा भनिएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले सोहि मिति र समयमा संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक प्रवाधान रहेको छ । संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक ल्याउनुपर्ने हुन्छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK