- अर्थ सरोकार सम्बाददाता
बिगमार्टमा दुई प्रकारको मूल्यको मासको दाल राखिएको छ । एउटा दालको मूल्य प्रतिकेजी १ सय ३५ र अर्को दालको मूल्य २ सय ७१ तोकिएको छ । ती दुवै प्रकारका दाल हेर्दा उस्तै छन् । अग्र्यानिक भएकोले बढी मूल्य राखिएको भनेपछि विना मापदण्ड अग्र्यानिक भनेर बढी मूल्य लिएको कुसरमा कारबाही गरिएको विभागले जनाएको छ । उपभोक्ता संरक्षण ऐन २०७५ को १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३१ (१) (ख) बमोजम ३ लाख रूपैयाँ जरिवाना गरिएको हो।








प्रतिक्रिया दिनुहोस्