Skip to content
LAXMI SUNRISE BANK

बीमा समितिको निर्देशन : ‘जीवन बीमा कम्पनीहरुले कोरोना बीमाको नाममा व्यवसाय नगर्नू’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बीमा समितिले कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कोरोना बीमा गरिदिने भन्ने व्यहोरासहित सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समितिबाट सबै निर्जीवन बीमा कम्पनीहरुले मात्र कोरोना बीमा गर्ने स्वीकृति पाएको समितिले सोमबार एक विज्ञप्ति प्रकाशित गरी स्पष्ट पारेको छ। त्यसैले अब उप्रान्त निर्जीवन बीमा व्यवसाय गर्नेबाहेक अन्य संस्थाहरुले कोरोना बीमासँग जोडर आफ्नो व्यवसाय बिक्री गर्न तथा विज्ञापन नगर्न बीमा समितिले निर्देशन दिएको छ। 
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरस र यसले जनजीवन असुरक्षित भइरहेकोले बीमा समितिले ‘कोरोना बीमा’ योजना ल्याएको हो । 
कोरोना बीमामा ५० हजार र १ लाख रुपैयाँ गरी दुई किसिमको विशेष कोरोना बीमा पोलिसी रहेका छन्। व्यक्तिगततर्फ १ लाख बीमांक रकमको १ हजार र ५० हजार बीमांकको ५०० रुपैयाँ प्रिमिमय तिर्नुपर्ने समितिले जनाएको छ। समितिका अनुुसार पारिवारिकतर्फ १ लाख बीमांक रकममा परिवारको प्रतिसदस्य ६०० रुपैयाँ र ५० हजार बीमांकको भने प्रतिसदस्य ३०० रुपैयाँमा कोरोना बीमा गर्न सकिन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK