
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । लामो लकडाउनले जनजीवन अस्तव्यस्त भएपछि विराटनगर महानगरपालिकाले बैंक तथा वित्तीय संस्था र निर्माण सामग्रीका पसल खोल्न दिने तयारी गरेको छ । महानगरपालिकाको कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले लकडाउनका बेला पनि विकास–निर्माणका काम नरोक्न निर्माण सामग्रीका पसल खोल्ने निर्णय गरेको हो । महानगर प्रमुख भीम पराजुलीले यसअघि मुख्यमन्त्रीको संयोजकत्वमा रहेको संकट व्यवस्थापन समितिले पनि यहीअनुसारको निर्णय गरेको जानकारी दिए।
‘विकास–निर्माणका काम रोकिनु हुँदैन भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘यसका लागि प्रमुख जिल्ला अधिकारीले पास उपलब्ध गराउनु पर्छ। सामाजिक दूरी र अन्य सतर्कता अपनाएर निर्माण सामग्रीका पसलहरू अब खुल्नु पर्छ।’ निर्माण सामग्रीका पसल खोल्न बिहान ६ देखि १० बजेसम्मको टाइम कार्ड लागू गरिएको उनले बताए।
व्यवस्थापन समितिको बैठकले आइसिपीबाट नेपाल भित्रिएका भारतीय गाडीलाई महानगरभित्र रोक्न नदिने र सिधै कतै नरोकी गन्तव्यसम्म पुग्न अनुरोध गरिने निर्णय गरेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्