×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरमा लकडाउन थप कडाइ !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विराटनगरमा लकडाउन थप कडाइ !

Artha Sarokar

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । विराटनगर महानगरपालिकाका केही वडामा कोरोना सङ्क्रमित देखिएपछि लकडाउनलाई प्रहरीले कडा बनाएको छ । जथाभावी हिँडडुल तथा लकडाउन उल्लङ्घन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने र सजाय समेत दिने गरेको छ । 
लकडाउनमा प्रहरीले औषधि, दुग्ध र पानी बिक्री वितरण गर्नेलाई छुट दिएको छ भने अन्य क्रियाकलापमा बन्देज लगाएको छ । सोमबार बिहानैदेखि प्रहरीसँगै ‘प्रहरी मेरो साथी’ अभियानमा सम्लग्न युवाले प्रहरीलाई मद्दत गरिरहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले बताए । 
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको कोरोना परीक्षणमा विराटनगरका ३६ वर्षीय पुरुष र २९ वर्षीया महिलामा सङ्क्रमण भएको पुष्टि थियो । नेपलमा कोरोना संक्रमितको संख्या ३५१ पुगेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी