×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा थप दुई जना कोरोना संक्रमित व्यक्ति निको भए, कोशी अस्पतालले गर्यो डिस्चार्ज !

GLOBAL IME BANK
SHREE KESH

नेपालमा थप दुई जना कोरोना संक्रमित व्यक्ति निको भए, कोशी अस्पतालले गर्यो डिस्चार्ज !

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् । 
भोजपुरका २७ वर्षीय युवक १० वैशाखमा अस्पताल भर्ना भएका थिए भने झापा दमकका ६३ वर्षीय वृद्धलाई १२ वैशाखमा कोरोना देखिएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका थिए । उनिहरु दुवै जना डिस्चार्ज भएका हुन् । रिपोर्ट नेगेटिभ आएपछि आइतबार दुई जनालाई डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । 
उनीहरुसँगै कोशी अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । यसअघि बुधबार ६ र शुक्रबार ८ जना निको भएर डिस्चार्ज भएका थिए । संक्रमितको संख्या भने ११० पुगेको छ । शनिबार मात्रै ८ जना कोरोना संक्रमित फेला परेका थिए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: