
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । बाराको कलैयास्थित शैक्षिक तालिम केन्द्र र सिञ्चाई डिभिजन कार्यालयको भवनलाई अस्थायी कोरोना अस्पताल बनाइने भएको छ । उपमहानगरपालिका–३ गंगापुरस्थित शैक्षिक तालिम केन्द्र र वडा नम्बर–५ स्थित सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार (हिजो) बसेको बैठकले दुवै स्थानमा ५० र ५० शय्याको कोरोना अस्पताल बनाउने निर्णय गरेको हो । कलैया उपमहानगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी तालिम केन्द्रलाई कोरोना अस्पताल बनाउने निर्णय भएको नगर प्रमुख राजेश राय यादवले जानकारी दिए ।
यादवका अनुसार सिञ्चाई डिभिजनको भवनलाई अस्थायी कोरोना विशेष अस्पताल बनाउन प्रदेश सरकारको पनि लगानी रहने छ । तालिम केन्द्रमा कोरोना अस्पताल निर्माण नहुन्जेल कलैया अस्पतालले प्रदान गर्दै आइरहेको नियमित सेवा कलैया र वीरगञ्जस्थित नारायणी अस्पतालले तोकेको दर रेटमै बारा नर्सिङ होमबाट सेवा प्रवाहका लागि प्रक्रिया अगाडि बढाउने निर्णय भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्