
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको हो । ती वृद्धको अन्त्यष्टि गरिसकिएको छ ।
यता वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने आधिकारिक रुपमा केही जानकारी दिएको छैन । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति ती वृद्धको मृत्यु भएको थियो । अब नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्