×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगञ्जमा भेटिएका एक संक्रमितले १२ सय बढी मानिसलाई राहत बाँडेका थिए

PRIME CA
GLOBAL IME BANK

वीरगञ्जमा भेटिएका एक संक्रमितले १२ सय बढी मानिसलाई राहत बाँडेका थिए

२४ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज – नेपालमा पहिलोपल्ट एकै परिवारका १७ जनालाइ कोरोना संक्रमण भएको छ । बुधबार वीरगञ्जका एउटै परिवारका १७ जना सदस्य कोरोना संक्रमित भएको खुलेको हो । बुधबार भेटिएका वीरगञ्जका सबै संक्रमित एउटै परिवारका सदस्य रहेको वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकले जानकारी दिए । उक्त परिवारका अर्का सदस्यलाइ भने वैशाख १४ गते संक्रमण देखिएका थियो ।  
उनी महानगरका कर्मचारी रहेको खुलेको छ । संक्रमित २ महिने शिशु पनि संक्रमित पुरुषकै बच्चा रहेको बताइएको छ । वैशाख १४ गते महानगरपालिका-३ स्थित छपकैयामा बस्दै आएका एक पुरुषमा संक्रमण देखिएको थियो। उक्त पुरुषका परिवार र सम्पर्कमा आएकाहरूको परीक्षण गर्न काठमाडौं पठाइएको थियो ।
संक्रमित पुरुष राहत वितरणमा पनि सहभागी भएकाले संक्रमण थप बढ्न सक्ने महानगरले जनाएको छ । १२ सय बढी मानिसलाई राहत वितरण कार्यमा उनि सहभागी भएको पनि खुलेको छ । त्यसलै संक्रमित संख्या यो भन्दा धेरै हुनसक्ने आंकलन गरिएको छ। नेपालमा कोरोना सक्रमितको संख्या ९९ पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: