
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । आज थपिएका १७ जना कोरोना संक्रमित एकै परिवारका सदस्य रहेको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैया निवासी उनीहरुलाई कोरोना ‘पोजेटिभ’ देखिएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । सोही परिवारका एक सदस्यलाई भने आइतबार नै कोरोना संक्रमण भएको पुष्टि भएको थियो । ३६ वर्षीय उनलाई कोरोना पुष्टि भइसकेपछि परिवारका अन्य सदस्य र सम्पर्कमा आएकाहरुको परीक्षण थलिएको थियो ।
सोहि क्रममा उनका परिवारका सबै सदस्यको रिपोर्ट ‘पोगेटिभ’ आएको छ । संक्रमित हुनेमा २ महिने शिशुदेखि ८६ वर्षका बृद्धसमेत रहेका छन् । उनीहरुलाई नारायणी अस्पताल ल्याइने अस्पतालका मेसु डा. मदन उपाध्यायले जानकारी दिए । आज १७ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्