×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्पतालमा शय्या अभाव भएपछि वीरगञ्जका १८ जना संक्रमित अस्पतालबाहिर, कोरोनाको अत्याधिक जोखिम !

PRIME CA
GLOBAL IME BANK

अस्पतालमा शय्या अभाव भएपछि वीरगञ्जका १८ जना संक्रमित अस्पतालबाहिर, कोरोनाको अत्याधिक जोखिम !

३१ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जका १८ जना कोरोना संक्रमित व्यक्तिहरु अस्पतालबाहिर रहेको रहेका छन् । कोरोना अस्पतालको रुपमा रहेको वीरगञ्जको नारायणी अस्पतालमा शय्या अभाव भएपछि १८ जना कोरोना संक्रमित अस्पतालबाहिर रहेका हुन् । 
मंगलबार नै कोरोना संक्रमण पुष्टि भए पनि अस्पतालमा शय्याको अभावले उनीहरुलाई अस्पताल लान बताइएको छ । अहिले अस्पतालमा ६९ जना कोभिड १९ का बिरामी उपचाररत रहेका छन् । बाँकी १८ जना अझैसम्म क्वारेण्टाइनस्थल र घरमै छन् । 
देशभर २ सय १९ कोरोना संक्रमित भेटिँदा हिजो मात्र ८३ जना भेटिएका थिए । जसमध्ये वीरगञ्जमा मात्र ५७ जना भेटिएका थिए । नेपालमा बुधबार पनि २ जना कोरोना संक्रमित व्यक्ति भेटिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: