×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘कोरोनाको त्रास जेलभित्र र बाहिर उस्तै छ’ : कारागारबाट रिहा कैदीबन्दी

PRIME CA

‘कोरोनाको त्रास जेलभित्र र बाहिर उस्तै छ’ : कारागारबाट रिहा कैदीबन्दी

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्ज कारागारभित्र कोरोना भाइरस संक्रमणको त्रास बढेको कैदीबन्दीले बताएका छन् । गणतन्त्र दिवसको अवसरमा कारागारबाट रिहा भएका ७ जना कैदीबन्दीले जेलभित्र अरु भन्दा कोरोना भाइरसको बढी डर रहेको बताए । अंगभंग मुद्धामा १५ महिना २ दिन जेल बसेर माफी पाएपछि छुटेका बाराका मकरध्वजप्रसाद साहले भने ‘जेलमा अरु कुनै किसिमको समस्या छैन, तर कोरोनाको त्रास भने बाहिर र भित्र उस्तै छ ।’ वीरगञ्ज कारागारमा ९१ जना महिलासहित १२ सय ७२ जना कैदीबन्दी छन् । सरकारले असल चालचलन, ५० प्रतिशत कैद भुक्तानी भएकोलगायतका मापदण्डको आधारमा वर्षेनी गणतन्त्र दिवसको अवसरमा कैद माफी गर्दै आएको छ ।
गणतन्त्र दिवसको अवसरमा बाँकी कैद मिनाहा भएपछि उनीहरुलाई परिवारको जिम्मा लगाएर पठाइएको कारागार प्रमुख श्रवण पोखरेलले जानकारी दिए । देशभरका कारागारबाट २ सय ३३ कैदीहरुको बाँकी कैद कट्टी भएकोमा वीरगञ्जबाट ७ जना परेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: