- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रक्सौलमा अलपत्र नेपालीहरुलाई वीरगञ्ज ल्याउने काम सुरु भएको छ । रक्सौलमा अलपत्र नेपालीहरुलाई वीरगञ्ज भित्र्याउन थालिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म २ सयको हाराहारीमा नेपालीहरु वीरगञ्ज भित्रिसकेका छन् । रक्सौल नाकामा करिब ३५० जना नेपाली अलपत्र परेको अनुमान छ । उनीहरु विभिन्न २५ जिल्लाको रहेको अनुमान गरिएको छ । पर्सा र काठमाडौंबाहेक जिल्लाका अलपत्र नागरिकलाई सम्बन्धित जिल्ला पठाउने तयारी भइसकेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए ।