×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलमा २ सय २२ नेपाली अलपत्र

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलमा २ सय २२ नेपाली अलपत्र

Artha Sarokar

९ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । रक्सौलमा अलपत्र २ सय २२ नेपालीको उद्धार भारतीय सुरक्षाकर्मीको अवरोधका कारण प्रभावित बनेको छ । जिल्ला प्रशासन कार्यालय, पर्साले बुधबार त्यहाँ अलपत्र नेपालीको उद्धार गर्ने तयारी गरेको थियो । तर माथिबाट आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मीले नेपाल प्रवेशमा रोक लगाएपछि रक्सौलस्थित हजारीमल क्वारेन्टाइनमै बस्न उनीहरु बाध्य बनेका छन् ।
‘वीरगञ्जमा रहेका भारतीय नागरिकलाई पठाएर आफ्नो देशका नागरिक ल्याउने विषयमा भारतीय सीमा सुरक्षा बल र त्यस क्षेत्रका डीएमसँग हाम्रो सहमति भएको थियो,’ पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, ‘सहमतिअनुसार भारतीयलाई हामीले फिर्ता पनि पठायौं । तर माथिबाट आदेश नआएको भन्दै त्यहाँका सुरक्षाकर्मीले हाम्रा नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।’
रक्सौलमा रहेका नेपालीलाई स्वदेश ल्याउने विषयमा त्यस क्षेत्रका डीएमलगायतसँग समन्वय भइरहेको र सम्भवतः आइतबारसम्म उनीहरूलाई स्वदेश ल्याइने बस्नेतले बताए । बस्नेतका अनुसार, भारतका विभिन्न सहरमा मजदुरी गरी फर्कन लागेका २५ जिल्लाका २ सय २२ जनामध्ये पर्साका ४२ जना छन् । यस्तै, बारा र पश्चिम रुकुमका २३ र २३ जना छन् भने काठमाडौं, कैलाली, सुर्खेत, झापालगायत अन्य जिल्लाका छन् ।रक्सौलमा रहेका नेपालीलाई राख्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले क्वारेन्टाइनको समेत तयारी गरिसकेको बस्नेतले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी